ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्वयंसेवक परिचालन

0

काठमाडौं : ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका एक सय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको हो ।

ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको हो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने ट्राफिक प्रहरीले जनाएको छ ।

सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनैपनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता स्काउटले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.