गृहमन्त्रीले संसदलाई गलत जवाफ दिए

0

काठमाडौं, २० साउन । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले दलित अधिकारका लागि प्रदर्शनमा उत्रिएकाहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले बल प्रयोग गर्नुपरेको तर्क गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा जवाफ दिँदै उनले प्रदर्शनकारीहरु उत्तेजित भएको र उनीहरुलाई नियन्त्रण गर्नेक्रममा बल प्रयोग भएको बताए । घटनाको छानबिन गर्न समिति गठन गरिएको भन्दै गृहमन्त्रीले घटनास्थलमा खिचिएको दृष्य सदनमा प्रस्तुत गर्ने बताए । नियन्त्रणमा लिइएकाहरुलाई छाडिसकिएको पनि उनले जानकारी दिए । बैठकमा कांग्रेस सभासद मीनबहादुर विश्वकर्माले गृहमन्त्रीले गलत जवाफ दिएको भन्दै आपत्ति जनाए ।
बैठकमा एमाले सांसद विकास लम्सालले भूकम्प एवं बाढी–पहिरोपीडित जनतालाई राहत उपलब्ध गराउन सरकार असक्षम बनेको आरोप लगाए । यस्तै, राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले चिकित्सा शिक्षाका बारेमा प्रा. डा. केदारभक्त माथेमा नेतृत्वको आयोगले दिएका सुझावलाई कार्यान्वयनमा ल्याउन माग गरे । यस्तै, सभासदहरुले भूकम्प प्रभावित जिल्लामा थप रकम विनियोजन गर्नुपर्ने, भूकम्पपीडितको पुनःस्थापना, रोपाइँ हुन नसकेको क्षेत्रलाई सुख्खाग्रस्त घोषणालगायतमा माग उठाएका थिए । संसदको अर्का बैठक विहीबार (भोलि) दिउँसो १ बजे बस्ने छ ।

Leave A Reply

Your email address will not be published.