नेपालमा थपिए ३४८ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप तीन सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ९ सय ५६ जनाको पीसीआर नमूना परीक्षण गर्दा २ सय १९ जना पुरुष र १ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ६३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १७, बागमती प्रदेशमा २ सय ४९ र गण्डकी प्रदेशमा ४१ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ३३, कर्णालीमा एक र सुदुरपश्चिममा थप सात जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७ सय ६४ रहेको छ । तिमध्ये २ हजार ९ सय २० जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या आठ सय ४४ रहेको छ । आईसीयुमा १ सय ६१ र भेन्टिलेटरमा ३५ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ४१ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६२ हजार २ सय ५९ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । हालसम्म २० लाख २१ हजार ७ सय १४ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर एक सय ९० जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ६९ पुगेको छ । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात तीन प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.