परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

0

काठमाडौं : तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषयमा छलफल भएको हो ।

भेटमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भएका प्रयास, नेपाल भारत सहयोग, नक्सा जारी भएपछि देखिएको विवाद लगायतका केन्द्रित भएर छलफल भएको बुझिएको छ ।

भेटपछि ट्वीट गदैै भारतीय रक्षामन्त्री सिंहले भारत नेपाल सम्बन्ध सरकारमा मात्रै सीमित नभएर नागरिक स्तरमा पनि अघि बढेको उल्लेख गरेका छन् । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी थिए ।

परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन ज्ञवाली बिहीबार नयाँ दिल्ली पुगेका हुन् । उनी आज साँझ नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.