निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएको छैन (पूर्ण पाठसहित)

0

काठमाडौं : नेकपा ओली समूहले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

सोही पत्रको जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको जनाएको छ । ओलीद्वारा हस्ताक्षरित पत्रमा प्रचण्ड-माधव समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने प्रचण्ड-माधव समूहले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको दाबी गरिएको छ । दाहाल समेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

आफ्नो पार्टीमा दाहाल दुई नम्बर अध्यक्ष र नेपाल वरिष्ठ नेता रहेको पनि ओलीले उल्लेख गरेका छन् । ओलीले महासचिव र अध्यक्षको परामर्शमा पुस ७ र ९ गते बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गरेको दाबी समेत गरेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।

हेर्नुहोस् ओलीले निर्वाचन आयोगलाई पठाएको जवाफ :

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
Leave A Reply

Your email address will not be published.