ओलीले यथार्थ भन्दा बाहिर गएर नौटंकी गरे : प्रचण्ड

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरेका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आधिकारिक नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँधीबेहरी ल्याउने चेतावनी दिए ।

अध्यक्ष दाहालले केपी शर्मा ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए । पार्टी एकता गर्दा हतार नगरेको भन्दै दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको दाबी गरे ।

उनले ओली यथार्थ भन्दा बाहिर गएर नौटंकी गरिरहेको भन्दै ओलीका तर्क सुन्दा जोकर भएको जस्तो लाग्ने बताए । अध्यक्ष दाहालले ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए ।

उनले बैठकमा नआउने ओली भगौडा भएको भन्दै ओलीको काम लाजमर्दो रहेको आरोप लगाए । उनले संसद विघटन भारतको इशारामा गरेको हो भनी प्रश्न समेत गरे ।

सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जी न्यूजको अभियानको पनि उनले आलोचना गरे । उनले जी न्यूजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिए ।

Leave A Reply

Your email address will not be published.