जी-न्यूजले भन्यो : भारतले सगरमाथामा आफ्नो दाबी गर्नुपर्छ

0

काठमाडौं : भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारित गरेर चर्चामा आएका चौधरीले जी न्यूजको ‘डीएनए’ कार्यक्रममा सगरमाथामाथि भारतीय दाबी प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा उनले विश्वसामु सगरमाथामा आफ्नो दाबी भारतले ‘ठोक्नु’ पर्ने बताएका छन् । मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने सामग्री प्रशारण गरेको हो ।

आधारशिविरसम्म पुगेका उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् ।

जी न्यूजले प्रशारण गरेको काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरीमा यस्तो दावी गरिएको हो । चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो ।

सगरमाथाको नाम समेत राधानाथ सिकदरको नामबाट गरिनुपर्ने दावी कार्यक्रममा गरिएको छ । चौधरीले सगरमाथाका विषयमा लिएर गरेको दावीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Leave A Reply

Your email address will not be published.