नेपालमा थपिए ४३० कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा सोमबार थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ५ हजार ३ सय नौ नमूना परीक्षण गर्दा २ सय ५३ पुरुष र १ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय १९, ललितपुरमा २ र भक्तपुरमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रदेश एकमा १३, प्रदेश दुईमा चार, बाग्मतीमा ३ सय ८७, गण्डकीमा १६ लुम्बिनीमा ९४ कर्णाली ३ र सुदुरपश्चिममा १३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

अहिले देशभर चार हजार चार सय आठ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये २ हजार ८ सय ८० संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या २ हजार १ सय २८ रहेको छ ।

त्यस्तै १ सय ५७ जनाको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । त्यस्तै थप ३ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ५९ हजार ३ सय ५८ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९७ दशमलब छ प्रतिशत रहेको छ । हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा १९ लाख ९२ हजार ८ सय ५५ वटा पिसिआर नमूना परीक्षण गरिएको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ५२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य दशमलब सात तीन प्रतिशत मात्रै रहेको छ ।

Leave A Reply

Your email address will not be published.