पत्नीसँग झगडा पर्दा विषादी सेवन गरी आत्महत्या

0

गौशाला, १९ साउन । पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि पति–पत्नीबीच झैझगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
गएराति ९ बजेको समयमा विषादी खाएका जसाउद्दिनलाई राति ११ बजेतिर विषादीको असर देखापर्न थालेपछि परिवारले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो । मृतक शेषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.