प्रचण्ड-माधव समूहले आज तीन वटा प्रदेशमा कार्यकर्ता भेला गर्दै

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ । प्रचण्ड-माधव समूहले प्रदेश नम्बर दुई, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्न लागेको हो ।

गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पोखरा जाँदैछन् । पार्टीमा आन्तरिक मतभेद सिर्जना भएपछि अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि दुवै समूहको छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड-माधव समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको छ । सोमबार सो समूहले लुम्बिनी, प्रदेश एक र सुदुरपश्चिममा बृहत कार्यकर्ता भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न तल्लो तहसम्म भेला गरिएको सो समूहले जनाएको छ ।

प्रचण्ड-माधव समूहले दोस्रो चरणमा आगामी माघ तेइस गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । ओली पक्षले पनि जिल्ला-जिल्लामा भेला गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.