संसद् विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलका कार्यक्रम घोषणा

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रिय समितिको बैठकले सडक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

विघटनका विषयमा अदालतको फैसला कुर्ने बताएको कांग्रेसले पार्टीभित्रैबाट दवाब बढेपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कांग्रेसले पुस २५ गते तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै माघ तीन गते नगर र गाउँपालिका र माघ आठ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

बैठकले कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

आइतबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै आन्दोलनमा जानुपर्ने दवाब दिएका थिए ।

Leave A Reply

Your email address will not be published.