ओलीकाे नियतमै खाेट छ : प्रचण्ड

0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विरोध सभामा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले चुनाव गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको दावी गरे । उनले चुनाव हुँदैमा ऐतिहासिक गलत नजिर बस्ने भन्दै नेपाली जनताको भाग्य भविष्य के हुन्छ ? भनी चिन्ता लागेको बताए ।

दाहालले नेपाली जनताको भाग्य भविष्य बनाउन पनि संसद पुनस्र्थापना गर्नका लागि सबै राजनीतिक दललाई आह्वानसमेत गरेका छन् । संसदको रक्षा गर्ने जिम्मेवारी सबैको जिम्मेवारी भएको भन्दै दाहालले संविधानको रक्षा गर्न सबैमा अपील गरे । उनले सबैलाई एक महिनामात्रै सडक आन्दोलनमा साथ दिए प्रतिगमन सच्चिने पनि बताए ।

वैशाख उता ओली प्रधानमन्त्री नरहने दाबी गर्दै दाहालले उनी राजनीतिक इतिहासमा पत्तासाफ हुने बताए । दाहालले पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोषा रहेको बताए । अदालतको सम्मान गर्ने भन्दै दाहालले अन्तिम भरोषा भने जनता रहेको उल्लेख गरे ।  हामी अदालतको सम्मान गर्छौं । आसा गर्छौं । भरोसा गर्छौं । तर सबभन्दा बढी अन्तिम भरोसा नेपाली जनतामा हो ।

दाहालले ओलीको प्रतिगामी कदम विरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको पनि बताएका छन् । उनले ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर नसोचेको बताएका हुन् ।

प्रदर्शनमा पार्टी अध्यक्षद्वय ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता रहेको थियो । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

Leave A Reply

Your email address will not be published.