सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

0

काठमाडौं : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहोरालाई आज मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा उनी मात्रै ओली पक्षका रहेका छन् । केन्द्रमा भएको विभाजनअनुसार प्रदेशमा प्रचण्ड-माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।

Leave A Reply

Your email address will not be published.