प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

0

काठमाडौं : प्रदेश एकका तीन मन्त्रीले राजीनमा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन् ।

राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । उनले त्यसलाई अस्विकार गरेर दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेका थिए ।

यसैबीच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

Leave A Reply

Your email address will not be published.