माइतिघरमा प्रचण्ड-माधव समूहको प्रदर्शन

0

काठमाडौं : नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन शुरु गरेका छन् । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्यहरुको उपस्थितिमा माइतिघर मण्डलाबाट प्रदर्शन शुरु गरेका हुन् ।

आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह शुक्रबार नै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । शुक्रबार नै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न प्रचण्ड-माधव समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार पाँच सय एक सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रिय समिति बैठकले पुस महिनाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

Leave A Reply

Your email address will not be published.