नेपाली जनसंपर्क समन्वय समिती युरोपको अधिबेशन स्थगित

0

नेपाली जनसंपर्क समन्वय समिती युरोपको डिसेम्बर २८ मा हुने भनिएको अधिबेशन स्थगित भएको छ । १४ बर्ष अघि नेपाली काङ्रेसकी नेत्री सुजाता कोइरालाको उपस्थितीमा जर्मनीको फ्र्यान्कफर्टमा, युरोपमा रहेका नेपाली काङ्रेस कार्यकर्ताहरुको भेलाले स्थापना गरेको समितिको दोश्रो अधिबेशन नेपाली काङ्रेश केन्द्रले स्थगित गरेको छ ।

नेपाली काङ्रेसका सभापति शेर बहादुर देउबाले पोर्तुगलमा भएको समितीको पहिलो अधिबेशनको उद्घाटन गर्नु भएको थियो । पहिलो अधिबेशन पनि युरोपमा रहेका काङ्रेसीहरुमा सहभागि हुने कि नहुने बिबादकै बिच सम्पन्न भएको थियो । दोश्रो अधिबेशन स्थगित गराउन अर्को पक्ष सक्रिय रहेको समिती भित्रकाहरुले आरोप लगाउदै आएका थिए । बिशेष गरी बेल्जियमका दुई गुटको बिबादले गर्दा अधिबेशन गर्ने कि नगर्ने भन्ने बिबादकै बिच दोश्रो अधिबेशन पनि स्थगित भएको छ ।

एक हप्ता अगाडि भएको युरोपमा रहेका १५ वटा जनसंपर्क समितीका शभापतीहरुको बैठकले सबैको सहमतिमा मात्र अधिबेशनको प्रकृया अगाडि बढाउन वा केही समय स्थगित गरी देशीय जनसंपर्क समितिको पूर्ण सहभागितामा अधिबेशन गर्न युरोप नेत्रित्वलाई आग्रह गरेको थियो । यही निर्णय र अहिले अधिबेशन गर्दा बिभाजनको खाडल अझ गहिरोहुने मध्यमार्गी कार्यकर्ताहरुको अनुरोधका साथै देश भित्र बिकसित राजनितिक परिबेश पनि अनुकुल नभएकोले अधिबेशन स्थगित गरिएको केन्द्रीय कार्यालय श्रोतले बाताएको छ ।


नेपाली जनसंपर्क समन्वय समिती युरोपका शभापती दिल गुरुङ युरोपका जनसंपर्क समितीका सभापतीहरुको चाहना र अन्य एकताका पक्षधरहरुको आग्रह अनुसार अधिबेशन स्थगित गर्न केन्द्रलाई अनुरोध गरिएको र सबैलाई समेटेर छिट्टै अधिबेशन गरिने बताउछन ।

केन्द्रको बिधानमा महादेश स्तरिय समितिको ब्यबस्था नरहे पनि गिरिजा प्रशाद कोइराला देखि आज सम्मका शभापतीहरुले आफुलाई युरोपमा संगठन बिस्तार गर्न लगायत पार्टीका अन्य काममा जिम्मेवारी दिएको , बिभिन्न समयमा सङ्गठनले आयोजना गरेका कार्यक्रमहरुलाई केन्द्रीय नेताहरुले सम्बोधन गरी सकेको र १२ औ महाधिबेशनमा संगठनको तर्फबाट आफुले सहभागिता जनाइ सकेको हुनाले आधिकारिताको बिबाद नभएको पनि शभापती गुरुङको भनाई छ ।

Leave A Reply

Your email address will not be published.