नेपालमा थपिए ७२२ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार पीसीआर नमूना परीक्षण गर्दा ४ सय १२ पुरूष र ३ सय १० जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

काठमाडौं उपत्यकाका ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका ३ सय भक्तपुर २३ र ललितपुरका ४२ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ८४ जना, दुईमा २५ जना, वाग्मतीमा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा ५९ लुम्बिनीमा ७०, कर्णालीमा २६ र सुदुरपश्चिममा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार सात सय २९ जना रहेका छन् । एकै दिन ९ सय ६६ जना कोरोनामुक्त भएका छन । योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४५ हजार ७ सय नौ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९६ दशमलब तीन प्रतिशत छ ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ८४ हजार १ सय ८१ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय १३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात शुन्य प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.