१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

0

वीरगन्ज, १७ साउन । पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन् । छिमेकी गाँउकै तीन जना युवकले शुक्रबार राति बालिकालाइ अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ४ सतवरीया टोलका ३० वर्षिय भुपेन्द्र साह कानु , २५ गोविन्दप्रसाद चौहान र २३ वर्ष रामकलश साह कानुले भेडियारी गाविस वडा नम्बर ४ की बालिकालाइ सामुहिक बलात्कार गरेका हुन् । शुक्रबार मध्यराति पिसाब फेर्न घरबाट बाहिर निस्किएकी बालिकालाइ तीन जना युवकले अपरहरण गरेर मोटरसाइकलमा राखी गाँउ भन्दा चार किलोमिटर उत्तर तर्फको धानको खेतमा लगेर पालै पालो जबरजस्ती करणी गरेका हुन् । सतवरीया टोल नजिकै धान रोपिएको खेतको आलीमा युवकहरुले बालिकालाइ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.