अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मार्फत अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको खुलेको छ । सिफारिस सम्बन्धी पत्र आज संसद सचिवालयमा पुगेपछि नियुक्तिको विषय बाहिर आएहो हो ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित ४५ वटै पदमा सिफारिस गरेको हो । ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तीन जनाको संवैधानिक परिषद्ले संवैधानिक निकायका सबै खालि पदहरुमा सिफारिस गरेको हो ।

मानवअधिकार आयोगको अध्यक्षमा मीनबहादुर रायमाझीको नाम सिफारिस गरिएको छ । अख्तियार आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरिएको छ । चन्दको नाम देउवाले सिफारिस गरेका हुन् ।

यस्तै, अख्तियारकै अर्का आयुक्तमा किशोरकुमार सिलवालको नाम सिफारिस भएको छ । सरकारले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्तमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र डाक्टर जानकी तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । संवैधानिक परिषद बैठकले अध्यक्षमा मगर र सदस्यमा मनोज दवाडी, डा सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुरलाई सिफारिस गरेको हो ।

संसद विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ समितिमा संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुको सुनुवाइ हुनसक्ने सम्भावना नभएकाले ४५ दिनपछि यिनीहरु सबैको नाम स्वतः अनुमोदन हुनेछ ।

Leave A Reply

Your email address will not be published.