नेपालमा थपिए ७१० कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शनिबार थप ७ सय १० जनामा कोरोना देखिएको छ । देशका बिभिन्न ८० प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय १० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालका कोरोनाका कारण १ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।

नेपालमा थप १ हजार एक सय ७५ जना कोरोनमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ । नेपालमा हाल ८ हजार ८ सय ४० जना संक्रिय संक्रमित छन् । ४ सय २१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ६६ हजार २ सय १० वटा पिसिआर नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.