काठमाडौं, १६ साउन । संविधानको प्रारम्भिक मस्यौदाले मधेसी समुदायको हक–हीतलाइ समेट्न नसकेको बुद्धिजीवीहरुले बताएका छन् । राष्ट्रिय वैश्य युवा महासंघद्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मधेसी समुदायका राजनीतिज्ञ तथा बुद्धिजीवीहरुले नयाँ बन्ने संविधानमा मधेसी समुदायका माग सम्बोधन गर्न एकजुट हुनुपर्ने औंल्याएका हुन् ।
मधेससम्बद्ध नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर एकजुट नभएसम्म मधेसका मुद्दा सम्बोधन नहुने उनीहरुको तर्क छ । कार्यक्रममा कांग्रेस नेता अमरेशकुमार सिंहले नेपाली राजनीतिमा ब्राह्मणवाद हावी भएको भन्दै उनले सम्पूर्ण मधेसी समुदायहरुलाई आफ्ना हक–हीतका लागि एकजुट हुन आग्रह गरे ।