नेपालमा थपिए १ हजार २१७ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ७४ पुरुष र ४ सय ४३ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

काठमाडौं उपत्यकाका थप चार सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय २८ जना काठमाडौं, ५१ जना ललितपुर र २५ जना भक्तपुरका रहेका छन् ।

त्यस्तै प्रदेश १ मा १ सय ९६, प्रदेश २ मा ४३, बागमतीमा ४ सय ६४, गण्डकीमा १ सय १८, लुम्बिनीमा १ सय ८३, कर्णालीमा ५ र सुदुरपश्चिममा २ सय आठ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ । तिमध्ये सात हजार सात सय २१ जना होम आइसोलेसन र ४ हजार ६ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

त्यस्तै ३ सय नौ जनाको सघन उपचार कक्ष र ५७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लोे २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय एक पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९४ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म सरकारले १८ लाख १३ हजार २ सय चार वटा नमुना पीसीआर विधिबाट परीक्षण गरेको छ । अहिले देशभरका क्वारेन्टिनहरुमा ५ सय १५ जना बसिरहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणवाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनवाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य दशमलम छ आठ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.