डोटीमा जीप दुर्घटना वडा सचिवसहित तीन जनाको मृत्यु

0


डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप गएराति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्युहुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनकी सासु करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका ४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

यसैगरी दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका ६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका १९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका ७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, त्यही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.