रोकिएको पर्वतीय उडान शनिबारदेखि शुरु

0

बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् ।

बुद्ध एअरले शनिबार एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान गर्‍यो । जम्मा १ सय ५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।

त्यस्तै यती एअरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ ।

यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.