बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

0

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।

यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा जनाइएको छ ।

करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्‍याएसँगै क्रमश वितरण गर्ने बेलायतको तयारी छ ।

यो खोपको प्रयोगसँगै अस्पताल भर्ना भएका कोरोनाका बिरामीको मृत्युदर कम हुने र यसको प्रभावकारीता ९९प्रतिशसम्म हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ ।

अस्पतालहरुमा ७० प्रतिशतसम्म औषधिको भण्डारण गरेर मात्र सर्वसाधारणलाई खोप वितरण गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोना संक्रमित बिरामी, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र सरकारी अधिकारीसँगै प्राथमिकता छुट्याएर सर्वसाधारणलाई खोप उपलब्ध गराउने समाचारमा जनाइएको छ ।

उता, अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बेलायतमा खोप स्वीकृतिको विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि माफी मागेका छन् ।

डा फाउसीले बेलायतले खोपलाई स्वीकृति दिएसँगै त्यसको विश्वसनियतामा प्रश्न उठाएका थिए । उनले बेलायतका वैज्ञानिकहरुले गरेको अनुसन्धानप्रति आफूले आशंका व्यक्त नगरेको टिप्पणी गरेका छन् ।

आफूले हतारमा खोप प्रयोगमा ल्याउँदा त्यसको प्रभावकारीतामा प्रश्न उठ्न सक्ने भन्दै सचेत मात्र गराएको दावी गरे ।

Leave A Reply

Your email address will not be published.