अन्ततः कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन

0

नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । सो पुल उद्घाटन बुधबार गर्ने तय भए पनि प्रशासनको अवरोधका कारण रोकिएको थियो ।

तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित सोही पुल पौडेलले बिहीबार उद्घाटन गरेका हुन् । सयौँ कार्यकर्तासहित पुल भएको स्थानमा पुगेका पौडेलले रिबन काटेर पुल उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायतलाई पनि पुल उद्घाटनमा सहभागी हुन निदेशन गरेको थियो । पुल उद्घाटनमा उनीहरु सबै पुगेका थिए ।

स्थानी उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपाले विरोध जनाएको थियो । दुई पक्षबीच झडप हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा बुधबार निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साँझ रिहा गरिएको थियो । सरकारको उक्त कदमको सर्वत्रबाट विरोध भएपछि सरकारले केही घण्टामै पौडेललाई रिहा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.