नेकपाको सचिवालय वैठक बुधबार पनि बस्ने

0

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार पनि बस्ने भएको छ । यसअघिको वैठकमा पेस भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि मंगलबार पनि छलफल भएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरि १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष ओलीले १३ गते सचिवालय सदस्यहरुलाई जवाफी प्रस्ताव खाममा हालेर बाँडेका थिए ।

दुवैका प्रस्तावहरु यसअघि नै मिडियामा भने सार्वजनिक भइसकेका छन् । एकले अर्कालाई आरोप लगाएको दुवै प्रस्ताव खारेज गरेर नयाँ शिराबाट अघि बढ्नु पर्ने दोस्रो तहका नेताहरुले बताउँदै आएपनि त्यसमा भने सफल हुन सकेनन् ।

सचिवालय वैठक मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर, सुरक्षा थ्रेट रहेको भन्दै बैठक भने प्रधानमन्त्री निवास वालुवाटारमै बसेको थियो । वालुवाटारको वैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय सदस्यहरुले बोल्ने क्रम नसकिएकाले वैठक बुधबार पनि बस्ने छ । नेकपाको स्थायी समिति वैठक १८ गतेका लागि तय भएकाले सचिवालय बैठक बुधबार नै वालुवाटारमा बस्ने निर्णय भएको प्रवक्त श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.