राजावादीहरु सडक प्रदर्शनमा

0

राजावादीहरुको एउटा समूहले काठमाडौंको माइतीघर मण्डलमा आज प्रदर्शन गरेको छ ।

राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

राजतन्त्र पुनस्थापना माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन हुने भएपछि बबरमहल, सिंहदरबार, थापाथलीसहितका विभिन्न चोकमा सयौं प्रहरी तैनाथ गरिएको छ।

कडा सुरक्षा व्यवस्थाका बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका हुन । आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरेका छन् ।

त्यसकै पूर्वतयारीस्वरुप यो प्रदर्शन गरिएको बताइएको छ । राजावादीहरुको समूहले देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पोखरा, धनगढी, हेटौंडा, वीरगञ्ज र बुटबललसहितमा व्यापक प्रदर्शन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.