भारतीय विदेश सचिव श्रृंगला स्वदेश फर्किए

0

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन् ।

नेपालमा रहँदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिवस्तरीय वार्ता भएको थियो । वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख दलका नेताहरुसँग छलफल गरेका थिए । शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । उनको भ्रमणपछि एक वर्षदेखि रोकिएको नेपाल-भारतबीचको औपचारिक छलफल अघि बढ्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.