गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु

0

गुल्मी : गुल्मीको इस्मा गाउँपालीकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा आज बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि थप तीन जना घाइते भएका छन् ।

जीप दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका-४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चित्र बहादुर दर्लामी, ३० वर्षीय वषन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालीका गाउँपालिका-५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका-४ का १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङ घाइते भएका छन् । जीप अनियन्त्रीत भई सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको छ । जीपका चालकलाई भने प्रहरीको नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.