बेवारिसे शव जलाउने सपना रोका बिबिसीको प्रभावशाली महिलाको सूचीमा

0

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सूचीमा उनी परेकी हुन् ।

सपनाले काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन् । सपना आवद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्‍याएर पोष्टमार्टम समेत गराउँदै आएको छ । सोही कारण उनलाई बीबीसीले प्रेरणादायी महिलाको सूचिमा राखेको हो । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।

सूचीमा एकजना महिलाको स्थान भने खाली राखिएको छ । असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगिनित महिलाले त्याग गरेकाले एक जनाको नाम खाली राखिएको बीबीसीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.