काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका हुन् ।
यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राई थिए ।
गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।