नेपालमा २१०३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

0

काठमाडौं : पछिल्लो २४ घण्टामा २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । देशभर २८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन् । बिहीबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ ।

बिहीबार १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.