नेवार समुदायले आज म्हः पूजा गर्दै

0

काठमाडौं : नेवार समुदायले आज म्हः पूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ ।

यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेकाले कतिपयले हिजो नै म्ह पूजा गरेका छन । म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालिन्छ ।

मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ ।

म्हः पूजामा र भाइटीकामा नेवार समुदायले काँचो धागोले बनाएको जजंका अनिवार्य हुन्छ । म्हः पूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको मूली महिलाले गर्ने परम्परा छ ।

Leave A Reply

Your email address will not be published.