काठमाडौं उपत्यकाभर होम डेलिभरी सुविधा दिने गरी मैतीदेवीमा खुल्यो ‘नेचर सुपरमार्केट’

0

काठमाडौं ।

व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सुरुवात भएको छ । राजधानी काठमाडौंको मैतीदेवीचोकमा सुपरमार्केट सञ्चालनमा आएको हो ।

बुधबार एक कार्यक्रमबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले सुपरमार्केटको उद्घाटन गरे ।


उक्त अवसरमा बोल्दै महानिर्देशक सुवेदीले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरी र ग्यास उपलब्ध गराउने गरी सुपरमार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने बताए । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात गरिएको हो ।

बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष जनक धामीले बताए । उपभोक्ताहरुको चाहना अनुसार काठमाडौं उपत्यका भर होम डेलिभरीको सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।

‘२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई घरघरमै सामान पुर्याउनेछौं,’ उनले भने सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पुर्याइने प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताउँछन् । ‘उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ ।’

सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको प्रवन्धक सुभेक्षा धामीले बताइन्


सुरुमा मैतीदेवीबाट सेवा सुरु गरी स्थापनाको एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने धामीले जानकारी दिए । आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने प्रा.लि.को लक्ष्य छ ।

उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराइने अध्यक्ष धामीले जानकारी दिए । ‘काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य छ,’ उनले भने ।

उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । ‘सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पु¥याउनेछाौं,’ उनले भने । उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

कम्पनीका अनुसार ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ,’ भने, ‘मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिनेछ ।’

Leave A Reply

Your email address will not be published.