बामदेव गौतमविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदै

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीश तथा अदालतमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण भएका कारण सो रिटमाथिको सुनुवाइ केही दिनदेखि सरिरहेको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो ।

निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि रिट परेको छ । सो मुद्दा अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको छ ।

Leave A Reply

Your email address will not be published.