भारतीय सेनाध्यक्ष नरवणेले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दैछन् । रक्षा मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री ओलीसँग रनवणेले भेट गर्न लागेका हुन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका रनवणेसँगको भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । आजै भारतीय सेनाध्यक्षले शिवपुरीस्थित सैन्य प्रशिक्षण केन्द्रमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजै नरवणे सगरमाथाको दृश्य अवलोकन गर्न सोलुखुम्बु जाने कार्यक्रम पनि छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् ।

बिहीबार उनलाई राष्ट्रपति भवन शितल निवासमा मानार्थ महारथी दर्जा प्रदान गरिएको थियो । उनले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधान सेनापति थापासँग शिष्टाचार भेट समेत गरेका थिए । नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्कँदैछन् ।

Leave A Reply

Your email address will not be published.