‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने गरी गरेको निर्णय संविधानको मर्म विपरीत : कांग्रेस

0

काठमाडौं : सरकारले पछिल्लो पटक नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने गरी गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै सरकारको निर्णय संविधानको मर्म विपरीत भएको जनाएका हुन् ।

सरकारलाई शर्माले संविधानको मर्म विरुद्धको कर्म नगर्न चेतावनी समेत दिएका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराएका छन् । उनले प्रधानमन्त्रीलाई जेल बस्दाको सिद्धान्त भन्दा संविधान निर्माण गर्दाको प्रतिबद्धता याद गर्न पनि आग्रह गरेका छन् ।

सरकारले असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरेपछि कांग्रेलसे आपत्ति जनाएको हो । त्यसको सट्टामा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको हो ।

Leave A Reply

Your email address will not be published.