कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

0

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्कीले जनाएको छ ।

केसी लामो समयदेखि मधुमेह र रक्तचापका बिरामी थिए । राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पतालमा लैजाने तयारी गर्दै गर्दा उनको निधन भएको हो ।

केसी प्रतिनिधिसभामा कांग्रेसका तर्फवाट समानुपातिक सांसद हुन् । उनी राप्रपा त्यागेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा पनि केसी राप्रपाबाट सभासद थिए ।

उनको आजै पोखराको शान्तिघाटमा अन्त्येष्टि गरिने कास्की कांग्रेसले जनाएको छ । केसीले शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् ।

केसी तत्कालिन नगरपञ्चायतका प्रधानपञ्च, वरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादन कर्ता हुन् । उनी माछापुच्छ्रे बैंकका संस्थापक पनि हुन् ।

Leave A Reply

Your email address will not be published.