राजु थापालाई सर्बसम्मत अध्यक्ष चयन गर्दै बाग्लुङ समाज बेल्जियमको अधिबेशन सम्पन्न

0

बागलुङ समाज वेल्जियमको चौथो अधिवेशनले राजू थापाको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ नेत्रित्व चयन गरेको छ ।

नोभेम्बर २ सोमबार भर्चुअल माध्यमबाट भएको अधिबेशनले उपाध्यक्ष: कर्ण बहादुर अधिकारी ,महासचिब: दुर्गा प्रसाद सापकोटा(बिजय) , सचिब: राजेन्द्र घिमिरे ,सचिब: प्रभात पौडेल कोशाध्यक्ष: जयराम के. सी., सहकोशाध्यक्ष: जयराम शर्मा पदेन सदस्य: गंगा प्रसाद शर्मा सदस्यहरु।। धर्म पाठक प्रमानन्द सापकोटा पुनम शर्मा मकर पुन शुरेश महत रेशम राना सुर्य सापकोटा संजय कुवर सीता कुवर लाई सर्बसम्मत चयन गरेको छ ।

निर्वाचन समितिका सन्योजक गंगाधर गौतमले कार्यसमिति सर्ब सम्मत चयन भएको घोषणा गरेका थिए । बागलुङ समाज वेल्जियमका अध्यक्ष गङ्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उदघाटन सत्र बेल्जियमका लागी महामहिम राजदूत लोक बहादुर थापाको प्रमुख आतित्थयतामा भएको थियो।

अधिबेशन सफलताको शुभकामना दिदै राजदुत थापाले सामाजिक एकता कायम गरेर आफु सँग भएको ज्ञान सिप आफ्नो जन्मस्थानको बिकासको लागि प्रयोग गरेर कर्तब्य पुरा गर्न आग्रह गर्नु भयो ।

उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदी,एनआरएनए केन्द्रिय सहकोषाध्यक्ष लोक प्रसाद दाहाल,बागलुङ अन्तरास्ट्रिय समाज प्रथम अधिबेशन समन्वय कोर्डिनेटर एकराज गिरी,बेल्जियम तथा बेल्जियम बाहिरका बाग्लुङ समाजका अध्यक्ष प्रतिनीधीहरु,बैचारिक तथा सामाजिक सस्थाका अध्यक्षहरु लगायत नेपालबाट बाग्लुङ समाज काठमाडौंका प्रतिनीधीले शुभकामना ब्यक्त गरेका थिए।


दोस्रो सत्र नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर एक बाट प्रतिनीधी सभाका सदस्य एब पुर्ब मन्त्री चम्पा खडकाको बिशेष उपस्थितिमा भएको थियो । समाजका उपाध्यक्ष सञ्जय श्याम भण्डारीले स्वागत गर्नु भएको कार्यक्रममा महासचिब परमानन्द सापकोटाले संस्थाको प्रगती प्रतिवेदन ,कोषाध्यक्ष दुर्गा सापकोटालेआर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.