कोजाग्रतमा काँग्रेसले चियापान नगर्ने

0


नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण यो वर्ष चियापान र शुभकामना आदानप्रदान नगर्ने जानकारी गराएको हो ।

वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान प्रदान गर्दै आएको थियो ।


विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ, कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.