पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

0

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् । पूर्व राजा शाहले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका नलगाइदिने बताएका हुन् ।

पूर्वराजा शाहले विगतमा दशैंको अवसरमा विभिन्न शक्तिपिठहरुमा गर्ने गरेको दर्शनको कार्यक्रम पनि यो वर्ष स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । कोरोनाको असहजताको स्थितिमा आस्था मान्यता मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दशैं शान्त, शालीनता र सादगीमा मनाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघि शाहले हरेक बर्ष दशैंको टीकाको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए । साथै दशैंको अष्टमीको दिन उपत्यकाका शक्तिपिठहरु नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने गरेका थिए ।

​​​​​​​

Leave A Reply

Your email address will not be published.