उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा गरे पदवहाली

0

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए ।

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय अन्तर्गत आएका निकायको काम प्रभावकारी बनाउन पहल गर्ने बताए ।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्ने बताइएको छ । यसअघि पोखरेलले सम्हालेको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफु मातहत राखेका छन् ।

Leave A Reply

Your email address will not be published.