बहराइनका राजकुमार नासिरले गरे मनास्लुको सफल आरोहण

0

काठमाडौं : बहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमार नासिर बिन हामिद अल खलीफाले आज बिहान ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले आज बिहान सात बजेर दश मिनेटमा मनास्लुको सफल आरोहण गरेको हो । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

यसअघि राजकुमार नासिरले सोलुखुम्बुको लोबुचे हिमालको सफल आरोहण गरेका थिए । कोरोना माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका हुन । राजकुमारको टोलीले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ ।

Leave A Reply

Your email address will not be published.