कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मोरङका दुई सुनसरी, तेह्रथुम र अर्घाखाँचीका एक–एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगरमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको मृत्यु भएको हो ।

कोशी अस्पतालमा उपचार गराइरहेका दुई पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका तेह्रथुमका ४९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोनाबाट अर्घाखाँचीको होम्निकास्थान गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा शैय्या अभाव भई दाङको बेलझुन्डी पठाउदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६ सय ८० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.