भारतीय सेनाध्यक्ष नेपाल आउँदै

0

काठमाडौं : भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे आउँदो कात्तिकमा काठमाडौँ आउने भएका छन् । सेनाध्यक्ष भएपछि नरवाणे पहिलोपटक नेपाल आउन लागेका हुन् । नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना प्रमुखको उपाधि लिने प्रचलन रहेको छ ।

उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ नेपाल सेनाको अध्यक्ष दिने कार्यक्रम तय भएको छ । नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने भारत पुगेर उक्त उपाधि लिइसकेका छन् । लकडाउन सुरु हुनु अगावै नरवाणे नेपाल आउने तयारी थियो ।

तर नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्दा नेपालले तेस्रो मुलुकको आडमा नक्सा जारी गरेको टिप्पणी गरेपछि नरवाणे विवादमा तानिएका थिए । त्यसपछि उनको नेपाल भ्रमण अनिश्चित बनेको थियो । नरवाणे नेपाल आउने विषयमा नेपाली सेनाले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

Leave A Reply

Your email address will not be published.