नेकपा सांसद सानु शिवाको निधन

0

काठमाडौं : प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रहेकी शिवाको आज विहान उपचारको क्रममा निधन भएको हो ।

उनी पार्टी एकता अघि एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । शिवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्वन्ध समितिका सदस्यसमेत थिइन् ।

उनको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । सांसद शिवाको केही वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

केही दिनअघि एक्कासी मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सांसद शिवा जनसांस्कृतिक अभियानकी अगुवा गायिका समेत थिइन् ।

Leave A Reply

Your email address will not be published.