शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

0

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनले पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएपछि मन्त्री पोखरेल अस्पतालमै आइसोलेसनमा बसेका छन् । शनिबारमात्रै पर्यटनमन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.