आकस्मिक र कोरोनाबाहेकका सम्पुर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

0

काठमाडौं : सरकारले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधनमा चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । शनिवार बसेको संघको बैठकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोरोना भाइरस संक्रमण बाहेकका सम्पुर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

सरकार र केसीविचको वार्ता सकारात्मक भएको भन्दै पूर्व घोषित आन्दोलन स्थगित गरेको संघले पुन आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । संघले आइतवारसम्म सत्याग्रह अन्त्य नभए कडा खाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।

घोषणा गरिएका आन्दोलन कार्यक्रमवाट उत्पन्न हुने जुनसुकै परिस्थिती सरकार जिम्मेबार हुने संघका महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संघले वार्ता र सम्वादलाई तार्किक निस्कर्षमा पुर्‍याउन र डाक्टर केसीको जीवन रक्षाको निम्ती सहजिकरणको भुमिका गर्न तयार रहेको पनि जनाएको छ ।

Leave A Reply

Your email address will not be published.