विज्ञापन बोर्डका संरचना तयार पारिँदै

0

रकारले विज्ञापन बोर्डका लागि अधिकृतस्तरका ५ वटा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार चालु आर्थिक वर्षका लागि ५ वटा दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

राष्ट्रपतिद्वारा गत वर्ष प्रमाणीकरण भएको विज्ञापन नियमन गर्ने ऐनले विज्ञापन बोर्डको प्रावधान राखेको छ । उक्त ऐनले विज्ञापन नियमनका लागि बोर्ड गठन गर्ने प्रावधान राखेको हो । केही साताअघि संसद्को विकास तथा प्रविधि समितिले पनि सरकारलाई आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरिसक्न निर्देशन दिएको थियो ।

Leave A Reply

Your email address will not be published.